समाचार
बाँफिकोट गाउँपालिकाको परिचय
बाँफिकोट गाउँपालिका नेपालको संबिधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाँउपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा बिशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्यको ६ नम्बर प्रदेश अन्तर्गतको रुकुम (पस्चिम ) जिल्लामा पर्ने एक स्थानीय तह हो |यस गाउँपालिकामा १० वटा वडा रहेका छन् । बाँफिकोट गाउँपालिका वडा नं. ४ स्थित बाँफिकोट गाउँपालिकाको केन्द्र अवस्थित रहेको छ । सानीभेरी नदीको किनारामा अवस्थित यस बाँफिकोट गाउँपालिका क्षेत्रभित्रका व्यापारिक क्षेत्रमध्ये एक मुख्य क्षेत्र हो ।