FAQs Complain Problems

सूचना प्रविधिको अभूतपूर्व विकास

'सूचना प्रविधिको अभूतपूर्व विकास, उदार विश्वव्यापार प्रणाली तथा राजनीतिक उदारवादले विश्वलाई साँघुरो बनाइदिएको छ। यसै क्रममा विश्वभरी छरिएर रहेका नेपाली एवं नेपालमा रहेका अन्य मुलुकका नागरिकहरूमाझ नेपालको भौगोलिक, ऐतिहासिक, प्रशासनिक, राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, पत्रकारिता, भाषा, साहित्य र कला जनसङ्ख्या एवं विकासात्मक सूचनाहरू प्रवाह गरी नेपाललाई चिनाउने पाठ्यसामग्रीको खाँचोलाई मध्यनजर गर्दै यही वेब मार्फत चिनाउ भन्ने मुख्य संन्धर्ब हो '

रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ६०० देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, पाेखरामा तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर तासुसाइकुमारी मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउरलगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

 

प्रकार:

आर्थिक वर्ष:

//