आफ्नो नाममा रहेको सम्पति बिबरण फारम भरि सम्पति दाखिला गर्ने तथा घर र सम्पतिको नगरपालिकाले अनुमानित मुल्यांकन गरे बमोजिम कुल सम्पतिको ०.०१ प्रतिशतका दरले कर दाखिला गर्ने
समाचार
प्राय सोधिने प्रश्नहरु
पाउदैनन, एक आर्थिक बर्षको बजेट अर्को आर्थिक बर्षको नमिल्ने अर्थात फ्रिज हुने र तस्तो रकम नेपाल सरकारको ढुकुटी(राजस्व) मा फिर्ता दाखिला हुन्छ ।
सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ट नागरिकहरुले हरेक आ.ब. को श्रवण देखि मंशिर १५ सम्म सम्म सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा निवेदन दिनु पर्दछ । तर एकल महिहला, बिधवा अपांगता भएका व्यक्तिहरु तथा दलित बालबालिकाहरुको हकमा जहिले सुकै बिनेदन सकिन्छ ।
व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।
व्यक्तिगत घटना
सूचक बन्न सक्ने व्यक्ति
जन्म
- बुवा–आमा,बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको
उमेर पुगेको व्यक्ति,
- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा
धर्मपुत्री राख्ने बाबु वा आमाले,
- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको
सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद
रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको
हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको
प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा
सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था
नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।
मृत्यु
- परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति,
- आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा
विवाहित छोरी समेत,
- विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको
प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत,
- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको
सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद
रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको
हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको
प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको
सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको
नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।
विवाह
- पति र पत्नी दुवै,
- वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का
सहित),पतिले विवाह दर्ता गर्न ईन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र
वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।
सम्बन्ध बिच्छेद
- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको
कागजात जरुरी हुन्छ ।
- दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको
हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले,
बसाईसराइ
- परिवार सबै बसाईसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले,
- व्यक्ति एक्लै बसाइँ सराईँ गर्ने भए व्यक्ति स्वयम्ले ।
राज्यबाट प्रादान गरिने सम्पूर्ण पुर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्ने ।
- "हामीले तिरेको कर हाम्रै लागि, समृद्ध राष्ट्र निर्माणको लागि"
- कर राज्यको मुख्य आयश्रोतको हो, त्यसमा हामीले तिरेको करले राज्यको आर्थिक वृद्धिमा टेवा पुर्याइ दिगो विकास गर्न